Wednesday, September 23, 2026
Home राजनीति प्रमुख सचेतकहरूलाई किन बोलाए सभामुखले

प्रमुख सचेतकहरूलाई किन बोलाए सभामुखले

17

काठमाडौं । विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूलाई सभामुख देवराज घिमिरेले छलफलमा बोलाएका छन्।
शुक्रबार बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

उनका अनुसार सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने एजेन्डा छ।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्। सभामुख घिमिरेले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्।