भक्तपुर जिल्लामा सबैभन्दा कम बेरुजु हुने पालिकामा मध्यपुरथिमि नगरपालिका

304

भक्तपुर । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भक्तपुर जिल्ला सबैभन्दा कम बेरुजु हुने पालिकामा मध्यपुर थिमि नगरपालिका रहेको छ । ६२ औं वार्षिक प्रतिवेदन अनुसार मध्यपुर थिमि नगरपालिका जिल्लाको सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका चार वटा पालिका मध्ये मध्यपुर थिमि सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो ।

प्रतिवेदनमा मध्यपुर थिमि नगरपालिकाको बेरुजु ३ करोड ८० लाख १८ हजार रुपैंया रहेको उल्लेख रहेको छ । जुन भक्तपुरका अन्य पालिकाको तुलनामा सबैभन्दा कम हो । प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा धेरै बेरुजु चाँगुनारायण नगरपालिकाको रहेको छ । चाँगुनारायणको बेरुजु ५ करोड २१ लाख ९७ हजार रहेको महालेखाले जनाएको छ । यसैगरी भक्तपुर नगरपालिकाको ४ करोड ४३ लाख ५६ हजार रुपैंया र सूर्यविनायक नगरपालिकाको ५ करोड ३ लाख ७८ हजार रुपैंया बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।