Tuesday, September 22, 2026
Home समाचार भक्तपुरको भूगोल कटेर अन्यत्र उपचार गर्न नजाने वातावरण बनाउदैं छौंः अध्यक्ष थापा

भक्तपुरको भूगोल कटेर अन्यत्र उपचार गर्न नजाने वातावरण बनाउदैं छौंः अध्यक्ष थापा

328

भक्तपुर । भक्तपुर अस्पताल विकाश समितीका अध्यक्ष शशिजंग थापाले भक्तपुरको भूगोल कटेर अन्यत्र उपचार गर्न जाने वातावरणको अन्त्य गर्न बताए । सामाजिक परीक्षणको रिर्पोट सार्वजनिक कार्यक्रममा अध्यक्ष थापाले अस्पताल विकाश समिति र अस्पताल प्रशान सम्पूर्ण रोगको उपचार यहिँ अस्पतालमा हुने गरी काम गर्न लागेको जानकारी दिए । सीटी स्क्यान मेशीन जडानको क्रममा रहेको र एमआरआई समेत ल्याउने तयारी भइरहेको छ, कार्यक्रममा उनले भने ।

आम भेलामा उठेका जिज्ञासाको विषयमा सम्वोधन गर्ने क्रममा अध्यक्ष थापाले अस्पतालले सरसफाईमा विषेश ध्यान दिएको बताए । अस्पतालमा आएका सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिएको अझै सुधार गर्दै जाने प्रष्ट पारे । उनले विभिन्न विभागमा विशेषिकृत सेवा दिएको, स्वास्थ्य विमा वाट दिने सेवालाई अझ परिष्कृत गरेको छौं, थापाले भने ।
उनले आगामी दिनमा गुनासो आउन नदिने वातावरण तयारी गरिएको बताउँदै फेरी पनि अस्पताल पहिलो स्थानमै चयन हुने गरिनै काम गरिरहेको जानकारी दिए

अस्पताललाई सर्वसाधरण दिए यस्तो सुझाव
अस्पतालको सामाजिक परिक्षणमा सहभागी भएकाले अधिकांशले कर्मचारी र डाक्टरहरुबाट मुस्कान सहितको सेवा पाउन नसकिएको गुनासो गरे । सरसफाईमा कमी भएको, जेष्ठ नागरिकले पनि धेरैबेर लाइन बस्न परेको जस्तो गुनासो आएको रिर्पोट सार्वजनिक भएको छ । २ घण्टा भन्दा लामो समय ओपिडीमा बस्नु परेको धेरैको गुनासो रहेको छ ।