काठमाडौं । नेपाल प्रहरीले सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीलृ उक्त अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हेम कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखको टुकलर एपमा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिहरूलाई सिआईबीबाट फोन गरेको भनि धाक धम्की दिने कार्यमा संलग्न उनलाई उक्त व्यूरोबाट खटिएको प्रहरीले मोरङ बिराटनगर महानगरपालिका-१ ठूलो मिल चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।