-विनोद ढकाल
बाटो भुले को झैं लाग्छ
यतै कतै कतै अल्झिरहेको,
कुहिरोमा बिलाँए कि लाग्छ
फेरि धुलोमा निसासिएको ।
एक्लो छु कि झैं लाग्छ
भिडभाडमा हराएको,
केही खोजुकी लाग्छ
टाढिन मन नमानेको ।
ओठ मुख खङ्ग्रङ सुके झै लाग्छ
भबिस्यको कल्पनामा हराएको,
प्रयास नै नगरेको होकी लाग्छ
पूनः प्रयास गर्नु भनेर सिकाएको ।
कसैसंग बोलुकी कि झै लाग्छ
बोलेर पनि तात्पर्य नदेखेको,
ओठ थोरै तन्किएको लाग्छ
फेरि हाँस्नै पनि नजानेको ।
व्यस्त नै पो झैं देखिन्छ
बिना अर्थ बरालिरहेको,
देख्दा खुब मस्ती मै लाग्छ
फेरि खुलेर बाँच्न नि नजानेको ।
काभ्रे ।