Tuesday, September 22, 2026
Home समाचार बंगलादेशमा रहेका हिन्दुमाथिको दमन बन्द होस्: विश्व हिन्दु महासंघ

बंगलादेशमा रहेका हिन्दुमाथिको दमन बन्द होस्: विश्व हिन्दु महासंघ

127

काठमाडौ । विश्व हिन्दु महासंघ केन्द्रीय समितिले हिन्दु माथिको दमन बन्द गर्न भन्दै नेपालका लागि बंगलादेशका राजदुतलाई ज्ञापनपत्र बुझाएको छ ।
यस्तो छ ज्ञापनपत्र

मिति : २०८१ साउन २५
महामहिम राजदूतज्यू,
नेपालका लागि बंगलादेशको राजदूताबास, काठमाडौं ।

विषय : ज्ञापनपत्र ।

महोदय,
उपर्युक्त सम्बन्धमा अहिले बंगलादेशमा भइरहेको राजनीतिक उतारचढाव र त्यसका आडमा भइरहेका अराजनीतिक, अमानवीय गतिविधिहरुले यस विश्व हिन्दु महासंघ केन्द्रीय समिति लगायत सम्पुर्ण शान्तिप्रेमी सनातन हिन्दु धर्मावलम्बीको समाज अत्यन्त मर्माहत भएको ब्यहोरा मिति २०८१ साउन २३ गतेको यस महासंघको प्रेस वक्तव्य मार्फत ध्यानाकर्षण गराइएको जानकारी गराउँदै,
बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न गराउन राजदूताबास मार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौं ।
विश्वास छ,
महामहिम राजदूतज्यू मार्फत बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द भइ धार्मिक अल्पसंख्यकहरुलाई पुर्ण सुरक्षाको प्रत्याभूति दिने वातावरण तयार गरी शान्ति पुनःस्थापना हुनेछ ।
ॐ शान्ति ! शान्ति !! शान्ति !!
शम्भुहरि बास्तोला
महासचिव