Sunday, September 20, 2026
Home समाचार उपत्यकामा आजदेखि पोलियोविरुद्ध खोप अभियान सुरु

उपत्यकामा आजदेखि पोलियोविरुद्ध खोप अभियान सुरु

120

काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ। काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले मंगलबारदेखि शनिबारसम्म खोप दिनेछ। निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।