Tuesday, September 22, 2026
Home समाज तालमा फसेका चार जनाको उद्धार, एकजना मृत फेला

तालमा फसेका चार जनाको उद्धार, एकजना मृत फेला

13

कास्की : जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए। सो घटनाबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो। यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिँदा उनको छोरा २२ वर्षीय भिम बहादुर थापा बेपत्ता भएका थिए । उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा बिहान ७ बजे मृत अवस्थामा फेला पारेको हो।