मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

30

झापा : झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। मेचीनगर-१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइलकमै सवार रहेका मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।