Sunday, September 20, 2026
Home समाज पहिरोमा पुरिएर अरुण जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

पहिरोमा पुरिएर अरुण जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

26
सांकेतिक तस्विर

खाँदबारी : सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो। यस्तै मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ। राति सुतेका वेला पहिरो खसेको हो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्।