Wednesday, September 23, 2026
Home अर्थ वायुसेवा निगम चार वर्षदेखि निरन्तर घाटामा

वायुसेवा निगम चार वर्षदेखि निरन्तर घाटामा

57

काठमाडौं । नेपाल वायुसेवा निगम विगत चार वर्षदेखि निरन्तर घाटामा भएको सरकारी प्रतिवेदनमै सावर्जनिक भएको छ ।
उक्त प्रतिवेदनका अनुसार गत वर्ष नेपाल वायुसेवा निगमले ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको छ।

वायुसेवा निगमको अहिलेसम्मको नोक्सानी १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। उसले विभिन्न सरकारी र वित्तीय संस्थाहरूलाई ३५ अर्ब ८० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको जनाइएको छ। निगम लगातार चार वर्ष नोक्सानीमा रहेको उक्त प्रतिवेदनले देखाउँछ। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले पनि १० अन्तर्राष्ट्रिय र १५ आन्तरिक उडान गरिरहेको वायुसेवा निगमको आर्थिक अवस्था कमजोर रहेको देखाएको थियो।

नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन पनि यो वर्ष उच्च नोक्सान रहेका पाँच सार्वजनिक संस्थानमा रहेको जनाइएको छ।