Thursday, October 8, 2026
Home अपराध प्रहरीको ‘सई हुँ’ भन्दै ठगेको आरोपमा एक महिला पक्राउ

प्रहरीको ‘सई हुँ’ भन्दै ठगेको आरोपमा एक महिला पक्राउ

51

प्रहरीको सई हुँ भन्दै ठगी कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले बैतडी जिल्ला पुर्चाैडी नगरपालिका ६ घर भई काठमाडौं १४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार नक्कली प्रहरी साउँदले प्रहरी सहायक निरीक्षकबाट बढुवा भएर प्रहरी नायब निरीक्षकमा बढुवा भएको भन्दै राष्ट्र्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनको साथबाट प्रहरी सहायक निरीक्षकको फुलीसहितको वर्किङ ड्रेस सेट, सिम काड बरामद गरेको छ। पक्राउ परेकी महिलालाई नियन्त्रण गरी थानकोट वृत्तले थप अनुसन्धान गरिरहेको छ।