काठमाडौं उपत्यकामा मात्र सवारी दुर्घटना : ६ महिनामा ८८ जनाको मृत्यु

31

काठमाडौं : गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाए। रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो। यस्तै, गत वर्ष फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा बा५ख २४१४ नम्बरको टिपरले बा९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सञ्चारकर्मी ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो।सोही टिपरको ठक्करबाट बा८२प ८३५७ नम्बरको मोटरसाइकल चालक साँखुका २२ वर्षीय हरि खड्काको समेत मृत्यु भयो। ी घटना​प्रतिनिधिमूलक मात्र हुन्। पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनी सयौँ व्यक्तिले ज्यान गुमाएका छन्। आफूले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण ज्यान गुमाउनुपर्ने अवस्था छ। यस्तै, जथाभावी सवारी साधन चलाउनु र बाटो काट्नुले पनि सवारी दुर्घटना बढेको पाइन्छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म पाँच हजार ८६५ सवारी दुर्घटना हुँदा ८८ जनाले ज्यान गुमाएका छन्। यस्तै, १४८ जना गम्भीर घाइते भएका छन् भने चार हजार ४३८ जना सामान्य घाइते भएका छन्। ाठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ। काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला काठमाडौँ उपत्यकाभित्र जथभावी ढङ्गले दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको बताउँछन्। ‘उपत्यकाभित्र मोटरसाइकल तथा स्कुटर जथाभावी कुँदाउने र पैदलयात्रुले पनि जथाभावी ढंगले बाटो काट्दा बढी दुर्घटना भएको देखिन्छ’, उनी भन्छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन्। ‘दुर्घटना कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारी साधन चलाउन नपाइने नियम, सवारीसाधनको स्थिति जाँच, लामो दूरीका सवारीसाधनमा दुई चालक छन् या छैनन् लगायतको निगरानी गर्दै आएका छौँ’, उनी भन्छन्,। साँघुरो बाटोमा तीव्र गतीमा सवारी चलाउँदा दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ।

ट्राफिक प्रहरीले चालु आवमा विभिन्न कसुरमा चार लाख ५० हजार ७२९ सवारी साधनलाई कारबाही गरेको छ। जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १८ हजार ६२७ चालकलाई कारबाही गरेको छ। यस्तै, लेन अनुशासनमा २९ हजार ४०२, तीव्रगतिमा ६१ हजार ८४३, रातो बत्तीमा १३ हजार ३०७, फुटपाथ सडक पार्किङमा ५९ हजार ८५७, बढी भाडामा दुई सय १४, नो हर्नमा छ हजार २७०, ओभरलोडमा तीन हजार ३३७ सवारी साधनलाई कारबाही गरेको छ। मुलुकभर सवारी दुर्घटना बढेपछि सरकारले यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ निर्माण गरेको थियो। कार्यदलले झण्डै एक वर्ष लगाएर मुलुकको यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्ययन गरेर सरकारलाई सुझाव हस्तान्तरण समेत गरिसकेको छ। उक्त कार्यदलको प्रतिवेदनअनुसार सडक यातायात दुर्घटनाको प्रमुख जोखिम क्षेत्र नै हो। नेपालमा प्रत्येक वर्ष करिब तीन हजार सर्वसाधारणको सवारी दुर्घटनामा परी ज्यान जाने गरको प्रतिवेदनले औँल्याएको छ।