Thursday, September 24, 2026
Home राजनीति बालेनले बहिष्कार गरे राष्ट्रिय सभा निर्वाचन

बालेनले बहिष्कार गरे राष्ट्रिय सभा निर्वाचन

44

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन्। राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन्। मेयर शाह हेटौंडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए। ​ राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन्।