Wednesday, September 23, 2026
Home समाज मेलम्चीको पानी फेरि ल्यायौँ भन्न मात्रै उद्‍घाटन गरिएको हो : प्रवक्ता श्रेष्ठ

मेलम्चीको पानी फेरि ल्यायौँ भन्न मात्रै उद्‍घाटन गरिएको हो : प्रवक्ता श्रेष्ठ

54

काठमाडौं : खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको उद्‍घाटन नभई फेरि पनि मेलम्चीको पानी प्रश्नमा उनले त्यसरी बुझ्न नहुने तर्क गरिन्। यसमा सरकारको आलोचना गर्न नमिल्ने उनले दाबी गरिन्। उनले भनिन्, ‘उद्‍घाटनको विषयमा त्यसरी पानीको गरिएको होइन, पुन: वितरणको मात्रै म्यासेज दिन गरिएको हो, पटक-पटक उद्‍घाटन होइन,पानी वितरण शुभारम्भ गरेको भनेर पब्लिकले बझ्नुपर्छ, यसले फेरि पानी आयो भन्ने म्यासेज दिएको हो,’उनले भनिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका थिए। उक्त शुभारम्भसँगै काठमाडौं मेलम्ची खानेपानी झरेपछि छैटाैँपटक उद्‍घाटन भयो। जसकारण अहिले चौतर्फी यसकाे आलोचना भएको छ।