Tuesday, September 22, 2026
Home राजनीति सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश ढकालको इजलासमा

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश ढकालको इजलासमा

50

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ। आज मुद्दाको किनारा लाग्ने बताइएको छ। उनको मुद्दाको पेसी पहिलो नम्बरमा छ। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो। तर अहिलेसम्म फैसला हुन सकेको छैन। नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा २०७९ साल कात्तिक १४ मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।