Tuesday, September 22, 2026
Home शिक्षा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न, यो वर्षदेखि उर्तिण हुन ३५ प्रतिशत अंक अनिवार्य

एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न, यो वर्षदेखि उर्तिण हुन ३५ प्रतिशत अंक अनिवार्य

54

भक्तपुर । संस्थागत विद्यालयहरुको संस्था नेसनल प्याव्सन भक्तपुरले यो शैक्षिक वर्षको एसईइ परिक्षामा सम्मिलित हुने आफ्ना विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एक दिवसीय अभिमुखीकरण कार्यक्रममा कक्षा १० विद्यार्र्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि अभिमुखीकरण दिइएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीहरुले यो सालदेखि एसईईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउने प्रणालीलागू भएको जानकारी दिए । उनले विद्यार्र्थीले पढ्नु र सिक्नु कार्यलाई सधै निरन्तरता दिनु पर्ने बताए ।
अभिमुखीकरण कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. तारा प्रसाद गिरीले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा नै हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुने बताए । गिरीले आजको समयलाई सहि सदुपयोग गर्दै जीवनपयोगी उत्प्रेरणा जोड्न, पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यन्त्र खेर नफाल्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
कोभिड पछि विद्यार्थीहरुको सिक्ने र पढ्ने जाँगरमा ह्रास आएको र तत्कालिन अक्षराकं प्रणालीको कारण नपढे नि उत्तीर्ण भइनेछ भन्ने विद्यार्थी र अभिभावकहरु भ्रममा रहेकाले पनि विद्यार्थी तथा अभिभावकहरुलाई परीक्षा विशेष एवं सिकाईमा सहभागिता सम्बन्धि यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले जानकारी दिए ।
कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक अर्जुन बहादुर रायमाझी, नेसनल प्याव्सन केन्द्रीय सदस्य जिबि खड्कालगायको उपस्थिती रहेको थियो ।