Friday, October 2, 2026
Home राजनीति कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आजदेखि

कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आजदेखि

67

काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन मंगलबार शुरु हुँदैछ। कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए। सम्मेलनमा केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताए। सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने बताइएको छ। सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित ५०० प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए।