Monday, September 21, 2026
Home समाचार जनकपुर बिग मार्टमा आगलागी, करोडौँको क्षति

जनकपुर बिग मार्टमा आगलागी, करोडौँको क्षति

90

धनुषा : जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अचानक लागेको आगो आइतबार बिहानमात्र नियन्त्रणमा आएको छ। जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो। आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए। आगलागीबाट १० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको उनले दाबी गरे। मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भएको उनले बताए।