Sunday, September 27, 2026
Home राजनीति अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना मुलुक जोगाउन गाह्रो छ: कमल थापा

अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना मुलुक जोगाउन गाह्रो छ: कमल थापा

26

भक्तपुर  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिबर्तनबाट संभब नहुने हुँदा अब ब्यबस्था परिबर्तन गर्नुको बिकल्प नभएको दाबी गरे । ब्यबस्था परिबर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केहि पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए। गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भैसकेकोले अब सबै अटाउने कोहि निषेध हुनुनपर्ने मौलिक प्रजातन्त्र देशलाई आबश्यक रहेको बताए। राजा देखि बिप्लब माओवादी सम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म समभाब पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानिय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो। कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आ-आफ्नो धारणा राखेका थिए ।