दाङ : दाङमा ओभरलोड बोक्ने मालबाहक ट्रकलाई ट्रक समितिले नै कारबाही गर्ने अभियान सुरु भएको छ। राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति दाङले विगत एक हप्तादेखि यो अभियानलाई कडाइका साथ लागू गरेको छ। विशेषगरी पूर्व—पश्चिम राजमार्ग भई चल्ने मालबाहक ट्रकहरूलाई लक्षित गरी ओभरलोड बोक्ने ट्रकलाई कारबाही अभियान सञ्चालन गरिएको ट्रक समितिले जनाएको छ। दाङको देउखुरीमा एक हप्ताको अवधिमा ओभरलोड बोकेका ३० बढी ट्रक कारबाहीलाई गरिएको छ। ढुवानीका सवारीसाधन ओभरलोड नियन्त्रणमा विभिन्न व्यक्तित्वहरूसँगको छलफलपश्चात् ट्रक व्यवसायीहरूको हकहितका निम्ति राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले चौबिसै घण्टा चेकजाँच गर्दै आएको छ।यस्तै, बिहीबार गढवा गाउँपालिका १, जुरौनीमा सिमेन्ट र मलखाँद बोकेका ओभरलोड ५ वटा ट्रक कारबाहीमा परेका समिति चेक पोष्ट जुरौनीका इन्चार्ज हिरा हमालले बताए। ५ वटै ट्रकका चालकहरूलाई पहिलोपटक अबका दिनमा क्षमताभन्दा बढी माल नबोक्न कागज गराएर छोडिएको उनले बताए। ारवान क्षमताभन्दा धेरै माल बोकेर हिँडेका ट्रक सहितका भारवान साधनलाई ठाउँको ठाउँ कारबाहीसमेत गरिएको छ। यो अवधिमा करिब ३० वटाभन्दा धेरै साधनलाई ट्राफिक जरिवाना सहितको कारबाही गरिएको ट्रक समितिले जनाएको छ। ट्राफिक प्रहरी, नेपाल प्रहरी, समितिका पदाधिकारीसहित अध्यक्ष रत्नप्रसाद श्रेष्ठ स्वयम् चेकजाँचमा खटिँदै आएका छन्।ओभरलोड निर्मूल पार्न लगातार चेकजाँच गरिने समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ। ‘भारवान क्षमताभन्दा बढी सामान बोकेर ट्रकहरू बाटोमा दौडिँदा एकातर्फ दुर्घटनाको डर छ, अर्कोतर्फ गाडीमा क्षति पुग्छ, बाटो बिग्रन्छ’ उनले भने।