Tuesday, September 22, 2026
Home समाचार डुबेर दुई बालिकाको मृत्यु

डुबेर दुई बालिकाको मृत्यु

33
सांकेतिक तस्विर

दैलेख : जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको डुबेर मृत्यु भएको छ। उनीहरूको बिहीबार साँझ करिब ६ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी ५ वर्षीया छोरी सपना र सोही ठाउँकी लीला खप्तडीकी ८ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरीले जनाएको छ।बिहीबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए। दुवै बालिकाको शव दुल्लु अस्पतालमा पोस्टमार्टम गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ।