भक्तपुर । नेशनल प्याब्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्बन्धी सम्झौता भएको छ । नेशनल प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुटदिनेलगायत विभिन्न विषयमा सम्झौता गरेको हो । सम्झौता अनुसार हिसान भक्तपुर आवद्ध जनप्रेमी वल्र्ड कौशलटार, सिवर्ड कलेज थिमि, एसएस कलेज थिमि, सुप्रिम एकेडेमी कमेरोटार, सूर्यदिप ईङ्गलिस स्कुल सल्लाघारी रहेका छन् ।
त्यसैगरि एरुडाईट एकेडेमी लोहकिल्थली, विनायक शिक्षा निकेटन थिमि, काठमाण्डौं वल्र्ड स्कुल गुण्डु, भक्तपुर ईङ्गलिस सेकेण्डरी स्कुल गठ्ठाघर, अक्सफोर्ड प्राक्टिकल सेकेण्डरी स्कुल सल्लाघारी, भक्तपुर निष्ट लोहकिल्थली र मोर्डन कलेज सल्लाघारी गरी १२ वटा दश जोड दुई कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुले नेशनल प्याब्सन आवद्ध विद्यालयबाट एसईई उत्तिर्ण विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने सहमती भएको हो ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नेशनल प्याव्सन र हिसानमा आवद्ध विद्यालयहरुबीच सदैव सहकार्य हुनुपर्नेमा जोड दिए । उनले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न एक आपसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताए ।
हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले जिल्लामै उत्कृष्ट दश जोड दुई विद्यालय हुँदाहुँदैं जाने वा नजानेर भक्तपुर बाहिर पढ्न गइरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।
“एक चोटी विद्यार्थीहरु भक्तपुरको दश जोड दुई कक्षा पढाई हुने विद्यालय र कलेजमा प्रवेश गरेर यहाँको कक्षा कोठा , भौतिक पूर्वाधार र अन्य खेल मैदानदेखी लिएर अन्य अतिरिक्त क्रियाकलापहरुबारे बुझन आग्रह गरेका छन् ।














