भक्तपुरमा उत्कृष्ठ प्रशिक्षक र खेलाडी सम्मानित, तस्विरमा हेरौं
भक्तपुर । भक्तपुरमा विभिन्न खेलकुद प्रतियोगीतामा उत्कृष्ठ भएका खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ । शनिबार जिल्ला समन्वय समितिले भक्तपुर जिल्ला खेलकुद विकाश समितिको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद, दोस्रो बागमती प्रदेश स्तरिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा बिजेता भएका खेलाडीहरुलाई सम्मान गरिएको छ ।
जसमा तेक्वान्दो खेल तर्फका ३ जना खेलाडी, जुडो तर्फ ७ जना, बक्सिङ ३ जना, एथलेटिक्स तर्फ ४ जना, उसु २ खेलाडी सम्मानित भएका छन् । त्यसैगरि आइटिएफ तेक्वान्दो तर्फ १५ जना, कराते खेल तर्फ ५ जना, उसु ४ जना रहेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताको विभिन्न खेलमा पदक प्राप्त गर्ने २५ जना रहेका छन् ।
सो अवसरमा खेलाडीलाई सम्मान गर्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापाले खेलकुद भनेको निरन्तरता भएको र जो नियमित भाग लिने र अभ्यान नियमित गर्ने नै उत्कष्ठ हुने बताए । थापाले भने भक्तपुरको खेलकुद क्षेत्रको विकाशको लागि जिल्ला समन्वय समिति सधै लागिरहने छ ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दीपक थापाले आफु अध्यक्ष भएर आएपछि खेल क्षेत्र चलाएमान बनाउन सक्रिय भएको जानकारी दिए । एक वर्षको अवधिमा विभिन्न प्रतियोगीता गर्दै हामीले भक्तपुरको खेलक्षेत्रलाई चलाएमान बनाएका छौं थापाले भने ।
विद्यालयमा खेलकुद अभियान चलाउने, खेलाडीको उपचारमा छुट दिलाउनेदेखि परिचयपत्र बनाउने कार्यमा जिल्ला खेलकुद विकाश समिति सक्रियका साथ लागेको थापाको भनाई रहेको छ ।
प्रशिक्षक र खेलाडी सम्मानित, तस्विरमा हेरौं













