Monday, September 28, 2026
Home राजनीति एमाले बालकोटको वडा कमिटीअध्यक्षमा श्रेष्ठ चयन

एमाले बालकोटको वडा कमिटीअध्यक्षमा श्रेष्ठ चयन

48

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुर्यबिनायक नगरपालिका २ नं. वडा कमिटी बालकोटको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट सर्वसम्मत अध्यक्षमा रोशन श्रेष्ठ , उपाध्यक्षमा सुरेस श्रेष्ठ र सचिव गोपाल सुवेदी चयन भएका छन् । २१ सदस्यीय वडा कमिटीको उपसचिवमा निराजन खत्री र प्रतिभा कट्वाल चयन भएका हुन् । निर्वाचित सबैलाई एमाले जिल्ला कमिटी अध्यक्ष वचन देउजाले सपथ खुवादै प्रमाणपत्र प्रदान गरेका थिए । अधिबेशनमा जिल्ला अध्यक्ष देउजा, एमाले नगर कमिटी अध्यक्ष रबिन्द्र सापकोटा, चागुनारायण नगरकमिटिका अध्यक्ष राम प्रसाद तिमल्सिना, एमाले नेता तथा सुनपाकी उपमेयर सरिता तिम्सिना भट्टराईलगायत एमालेका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।