Sunday, September 20, 2026
Home समाचार प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि……..

प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि……..

30

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा भएको छ । ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा १५ वटा मुर्रा प्रजातिका राँगा भारतले दिएको विषय केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा थियो।

त्यही विषयले आजको संसद बैठकमा हंगामा भएको छ। सुरूमै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढाएको देखिएको बताएका थिए। खनालले प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएका थिए। खनालले त्यति भनिसक्दा नेकपा ९माओवादी केन्द्र० प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए।