काठमाडौं । महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौन जोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने फेक अर्गाजम गरेको देखाइसकेका छन् । कतिपय अध्ययन प्रतिवेदनले उनीहरु किन यस्तो गर्छन् त भन्ने प्रशनको जवाफमा ति शोध अनुसन्धानले देखाएका छन् ।
१. पुरुषको अहम् –
महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन्छन् । त्यसमध्ये एक हो पुरुषको अहम् । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम् अथवा इगोको रुपमा लिन्छन् । त्यसैले पुरुषको अहममा ठेस नपुगोस् भनेर उनीहरु झुट बोल्छन् ।
पुरुषहरु बेडमा पार्टनरलाई यस्तो भ्रमित पार्छन् कि उनै संसारको सबैभन्दा बलबान् शक्तिशाली र यौन सन्तुष्ट दिने व्यक्ति हो । उनीहरुको यहि भावनामा डराएर, रेस्पेक्ट दिन, माया दर्शाउन महिलाहरुले आफूलाई ब्यग्र मजा नआए पनि सन्तुष्ट भएको झुटो बयान दिन्छन् ।
२. अन्योलमा रहनु –
केही महिलाले आफू अर्गाजममा नपुगे पनि आफूले अर्गाजममा नपुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने विषयमा अन्योलमा रहन्छन् । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिने गर्छन् ।
३. मूड नहुनु –
महिलाहरु कतिपय अवस्थामा यौनका लागि तयार नभएका हुन सक्छन् । जस्तोको लामो यात्रपछि, बिरामीपछि निको भएको अवस्थामा महिनावारी नरोकिँदै, यौनांगमा कुनै घाउ भएमा वा स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या आएको अवस्थामा यदि यौन सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन् । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस् भन्ने हेतुले झूटको सहारा लिन्छन् ।
४. नर्भस हुनु –
पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन् । यसको प्रभाव यौनमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन् ।
५. दबाब –
कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे नपुगेको बारे सोध्ने गर्छन् र क्लाइमेक्समा जान भन्दछन् । तर, यौन सन्तुष्टि होस् भनेर हुने वस्तु होइन । यो जबरजस्ती गरेर भन्न लगाउने बानीको दबाबमा उनीहरुले झुटको सहारा लिन्छन् र मज्जा आएको आभाष गराइदिन्छन् ।