काठमाडौं । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेगत मङ्सिरको निर्वाचनमा आफैँले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। मङ्सिरमा भएको मतदानमा उनी ४९,३०० मत ल्याएर ठूलो अन्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बनेर पुनः विजयी भएका हुन्।
उनी ५४,१७६ मत ल्याएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा झन्डै ४३,००० बढी मत ल्याएका छन्।
चितवन-२ मा मङ्सिरमा भन्दा केही कम प्रतिशत अर्थात् कुल ७८,२७७ मत परेको थियो।
तर कांग्रेस र एमालेका उम्मेदवारहरूले मत यसअघिको भन्दा घटेको छ। -बीबीसी














