Sunday, October 18, 2026
Home राजनीति यसो भन्दै एसका वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरे

यसो भन्दै एसका वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरे

58

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। भविष्य नभएको पार्टीमा बस्नुभन्दा सम्मानित नागरिक भएर बस्नु ठीक भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्। एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त् भएको उनको आरोप छ । उनले देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।