बाँसको तामा खानुहोस्, यस्तो हुनेछ फाइदा

63

एजेन्सी । बाँसको तामा, हाम्रो रैथाने परिकार । हुन त अहिले यसको सिजन होइन । यद्यपी जाडो याममा बाँसको तामाको परिवार निकै उपयोगी हुन्छ ।

तामा मानव स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । नेपालमा मात्र नभई दक्षिण एसियामा बाँसको तामाको प्रचलन छ ।

उपयोगिता

– गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

– बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।

– बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ ।

– पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।

– पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।

– ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।

– नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।

– तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटु स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ ।

– आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।

– रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।

– फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा ।

– श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।

– बाँसको तामा मात्र होइन, पात पनि विभिन्न हर्बल बनाउन प्रयोग गरिन्छ ।