सहिद गेट जाने राष्ट्रपति पौडेलको तालिका स्थगित

50

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद पार्कमा सहिदहरूलाई माल्यार्पण र सलामी अर्पणपछि सहिद गेट जाने कार्यक्रम स्थगित गरेका छन् ।

कार्यालय समयमा जाम हुने र राष्ट्रपतिको सवारीले ट्राफिक अस्तव्यस्त हुने भन्दै राष्ट्रपति पौडेलले कार्यक्रम स्थगित गरेको उनका निकट सहयोगीले जानकारी दिएका छन् ।

पौडेलले जाम कम हुने समयमा सहिद गेट पुगेर सहिदहरूलाई माल्यार्पण गर्ने तयारी गरेका उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।