काठमाडौँ । सत्तारुढ गठबन्धनले उपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी(जसपा)बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।
जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार रहेका छन् भने जनमतबाट ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । चैत ३ गते निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।