काठमाडौँ – उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ अयोग्य भएकी छन्।
पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उमेरका कारण उम्मेदवार हुनका लागि उनको योग्ता पुग्दैन।
संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ। उम्मेदवारको आंकाक्षी रञ्जिताको नागरिकता अनुसार उनी भर्खर ४० वर्ष पुग्दैछिन्। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ।
यता, निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला वा अन्य समुदायका उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ।













