सकियो राष्ट्रपति निर्वाचनको मतदान

38

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदान सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ।

मतगणना ४ बजेदेखि सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपतिका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।