आफूखुसी सडक बत्ती जोड्न थालेपछि…

49

पछिल्लो समय देशैभर उज्यालो अभियान भन्दै सडक बत्ती जडान र बाल्ने गरिएको छ । यसरी बत्ती बाल्दा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका वितरण केन्द्रको सहमति लिएर मात्र प्राधिकरणको विद्युत् लाइनबाट सडक बत्ती राख्न प्राधिकरणले सचेत गराएको छ ।

स्थानीय तह र प्राधिकरणबीच काठमाडौं महानगरपालिकासहित देशका अधिकांश स्थानीय तहसँग यस्तो बक्यौता रहेको छ । प्राधिकरणले सडक बत्तीको बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गर्न भनेको छ । यसरी मापन भएको विद्युतको समेत महसुल नतिर्दा प्राधिकरणले ठूलो क्षति बेहोर्नु परेको समेत प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार अब सडक बत्तीको विद्युत् मापन गर्न मिटर अनिवार्य जोड्नु पर्ने भएको छ । सडक बत्तीका लागि सिङ्गल फेज इनर्जी मिटर प्राधिकरणले निःशुल्क दिने गरेको छ । एउटा सिङ्गल फेज इनर्जी मिटरबाट १ सय वाटको ५० भन्दा बढी सडक बत्तीको विद्युत् खपत मापन गर्न सकिन्छ । सोही कारण छुट्टाछुट्टै सडक बत्तीलाई छुट्टाछुट्टै मिटर समेत नचाहिने प्राधिकरणले स्पष्ट पारेको छ ।