Friday, September 18, 2026
Home समाज शर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास, ऋषी धमलासँग नाम जोडिएको थियो

शर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास, ऋषी धमलासँग नाम जोडिएको थियो

120

काठमाडौं । पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।