Friday, September 18, 2026
Home समाचार कांग्रेस र एमाले दुबै प्रतिपक्षीमा !

कांग्रेस र एमाले दुबै प्रतिपक्षीमा !

82

काठमाडौं । आजको प्रतिनिधि सभामा नेपाली कांग्रेस र नेकपा ९एमाले० दुबैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेपछि बैठक स्थगित भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको एमालेको तर्क छ। अर्कोतिर नेपाली कांग्रेसले आफूहरू सरकारमा नजाँदासम्म विपक्षमै बस्ने दाबी गरेको छ। गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो। विश्वसको मत दिए पनि संसद सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिइसकेको छ।

सरकारमा रहेको एमालेले आफ्ना मन्त्रीलाई सोमबार फिर्ता बोलाइसकेको छ भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। स्रोतका अनुसार कांग्रेस र एमाले दुबैले आफूलाई प्रमुख प्रतिपक्षको दलको दाबी गरेका कारण आजको बैठक स्थगित भएको हो। अर्को बैठक चैत ५ गते बस्ने संसद सचिवालयले जनाएको छ।