भक्तपुरको मध्यपुरठिमीका उपमेयरले पदिय मर्यादा भुले: एमाले

1152

भक्तपुर । नेकपा एमालेले मध्यपुरठिमी नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले आफ्नो पदिय मर्यादा भुलेको भन्दै एक बिज्ञप्ती जारी गरेको छ

यस्तो छ नेकपा एमालेको प्रेस विज्ञप्ति:
मध्यपुर थिमी नगरपालिकाबाट विनियोजिट बजेट बमोजिम निर्माण कार्यको लागि उपभोत्ता समिति गठन गर्दा ‘सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि ०७९” अनुसार स्थानिय जनतालाई सार्वजनिक सूचना जारी गरि उपभोत्ता समिति गठन गर्नुपर्नेमा सो नगरि न पा को नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठको उपस्थितीमा स्वऐच्छारी तवरले वडा नं ६ स्थित उज्वल श्रेष्ठको अध्यक्षतामा बिना कुनै जानकारी वडा न. ४ र ५ स्थित दुई पोखरी देखी हाति महाकाल सम्म ढुङगा छाप्ने उपभोत्ता समिति गठन गरेकोमा सो लाई तत्काल शसोधनगरि कार्यविधि बमोजिम स्थानियहरुलाई सूचना दिई, वडाको प्रत्यक्ष रोहवरमा सुचना टाँस गरि उपभोत्ता समिति गठन गर्न पटक पटक मौखिक तथा लिखित रुपमा अनुरोध गरि उपभोत्ता समिति गठन गर्न माग गर्दै नगर प्रमुख समक्ष समेत ज्ञापनपत्र पेश गरि सकेकोमा सो माग विपरित आज मिति २०७२।११।१४ गते बिहान ९:३० बजे नगर प्रमुख र उपप्रमुखको उपस्थितिमा कार्य गर्न लाग्दा नियम विपरित भएको हुँनाले छलफल गर्न माग गर्दा ने.क.पा एमाले मध्यपुर थिमी नगर सचिव कंसुमन जोशिलाई उपप्रमुख विजय कृष्ण श्रेष्ठले आफनो पदिय मार्यादालाई समेत बिर्सी स्वयम आफै र आफनो स्वकीय सचिव सचिन बज्राचार्य समेतका ६०-७० जनाले हुलहुज्जत गरि जानाजान कुटपिट गरि सख्त घाईते हुने गरि आक्रमण गरेकोले सो अपराधिक कार्यको लागि ने क पा एमाले मध्यपुर थिमी नगर कमिटी घोर भत्सर्ना गर्दछ । साथै सो आक्रमण हुँदा स्वयम उपस्थित रहेका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले तथ्य भन्दा बाहिर गई आफनो नगर प्रमुखको मर्यादालाई समेत भुली न. पा. को तर्फबाट महानगरिय प्रहरी वृत मध्यपुर थिमी समक्ष नगर प्रशासकिय अधिकृत मार्फत उजुरी समेत पेश गरेकोले सो कार्यको घोर भर्त्सना गर्दछौ ।

तसर्थ पदिय अधिकारलाई दुरुपयोग गरि गठन भएका उपभोत्ता समितीहरु सम्बन्धमा तत्काल कार्य रोकी स्थानियहरुको सहभागितालाई सुनिश्चित गराई मध्यपुर थिमी नगरको वडा न १ देखी ९ सम्म कानूनसम्मत रुपमा “सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि ०७९ “अनुसार निमार्ण कार्य गर्न गराउन न. पा. लाई अपिल गर्दछौं । माग सुनुवाई नभए आन्दोलन गर्न बाध्य समेत हुनेछौं ।

साथै जनस्तरको बिषयलाई लिएर अपराधिक कृयाकलाप गर्ने दोषीहरुलाई तत्काल कारवाही गर्न सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउदछौं ।