Sunday, October 18, 2026
Home खेलकुद सन्दीपलाई टिममा फर्काउनेबारे क्यानमा छलफल

सन्दीपलाई टिममा फर्काउनेबारे क्यानमा छलफल

38

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएको छ । काठमाडौँमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा जुटेको बताएका हुन् ।

उनले भने, ‘नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार हामी अघि बढ्छौँ।’ बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।