काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ । नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते अर्को बैठक बसेर टुंगो लगाइने स्रोतले जानकारी दिएको छ । दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको छ ।