काठमाडौं । संघीय संसद सचिवालयले सभामुखको निर्वाचनर्को तयारी पूरा गरेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुनेछ । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुनेछ ।
‘प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्नेछ’ प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।
बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्नेछ । बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन हुनेछ । ‘निर्वाचन दस्तखत सहितको मत विभाजद्वारा हुन्छ’ प्रवक्ता गिरीले भने ।














