Monday, September 28, 2026
Home राजनीति मुख्यमन्त्रीमा माओवादीको दाबी

मुख्यमन्त्रीमा माओवादीको दाबी

98

मोरङ । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ।

सोमबार प्रदेश सभामा पद तथा गोपनीयताको शपथपछि माओवादी सांसद इन्द्र आङ्ग्बोले मुलुकमा दलहरूबीच गठबन्धनको अवस्थाका कारण प्रदेश १ सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने बताए।

अहिलेको गठबन्धन सरकारको नेतृत्वका लागि माओवादीले सशक्त दाबी गरिरहेको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले बताए।

दुई पटक मन्त्रीको जिम्मेवारी वहन गरिसकेका आङ्बोले आफू मन्त्रीको जिम्मेवारीमा पुनः अघि नबढ्ने बताए। उनी माओवादीबाट मुख्यमन्त्रीका दाबेदार हुन्। प्रदेश १ मा माओवादीका १३ जना प्रदेश सदस्य छन्।