शुभम पावरको आइपिओ खुला

40

काठमाडौँ । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपी) बिक्री खुला गरेको हो । 

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयमा निष्काशन गरी बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख गरेको छ । 

निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म अधिकतम पाँच हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।