Thursday, October 1, 2026
Home राजनीति माधव नेपाल अस्वस्थ, अस्पताल भर्ना

माधव नेपाल अस्वस्थ, अस्पताल भर्ना

43

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि अध्यक्ष नेपाल आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्। उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ।