एउटै जमिनको मुद्दाः कम्युनिष्टलाई सफाई, कांग्रेसलाई जेल !

3002

माघ २३,
काठमाडौं । आफ्ना एकजना नेता वियकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आक्रोशित भएको छ। तत्कालीन भौतिकमन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध बालुवाटारस्थित ललितानिवास क्याम्प क्षेत्रको ११३ रोपनी विक्री प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा हालेपछि कांग्रेसको आक्रोश सडकदेखि सदनसम्म पोखिएको हो। बिहीबार दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश गर्न नपाइ कांग्रेसले अवरोध गरेको छ। सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेलगत्तै बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा चलाइएको दाबी गरिन्। ‘बालुवाटारको जग्गाबारे मन्त्रिपरिषद्बाट भएको निर्णय हो।

प्रधानमन्त्रीले अनुमति नदिइ कसरी मन्त्रिपरिढाद्बाट निर्णय भयोरु निर्णयकर्ता प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर तत्कालीन मन्त्रीलाई मात्रै राजनीतिक प्रतिशोधन साँध्न मुद्दा चलाइयो’, उनले भनिन्, ‘विभिन्‍न प्रक्रिया पार गरेर मन्त्रिपरिषद्बाट भएको निर्णयमा कसरी मन्त्री मात्रै दोषी हुन्छरु मुख्य निर्णयकर्ता प्रधानमन्त्रीलाई जोगाएर गच्छदारविरुद्ध अख्तियारलाई राजनीतिक प्रतिशोध साँध्न लगाइयो।’ बालुवाटारको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया बनेको आरोप पनि उनले लगाइन्। ‘अख्तियार सरकारको लाचार छाया भयो। प्रधानमन्त्रीले नचहाँदा यस्ता निर्णय रोकिन्छन्। भौतिक योजना मन्त्रीले लाँदैमा पारित हुनुपर्छ भन्ने छैन’, उनले भनिन्, ‘वैचारिक आस्थाका आधारमा प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रतिशोध गर्ने गरी मुद्दा चलाइएको छ।

यो अलोकतान्त्रिक अभ्यासलाई कांग्रेसले स्वीकार्दैन।’ भुसालले लोकतन्त्रमा सबै बराबरी भए पनि बालुवाटार प्रकरणमा जग्गा किन्नेलाई जोगाएर अरुलाई फसाइएको दाबी गरिन्। ‘अल आर इक्वायल, बट सम आर मोर इक्वायल’ भन्ने भनाइ सुनाउँदै उनले हाँस्यास्पद ढंगले मुद्दा चलाइएको उनले बताइन्। ‘बालुवाटारको जग्गाको कुरा गर्दा विरोधाभाष र हाँस्यास्पद ढंगबाट मुद्दा चलाइयो’, उनले अगाडि भनिन्, ‘कुनै मुख्य सचिवलाई मुद्दा चलाउने, कुनै मन्त्री र प्रधानमन्त्रीलाई मुद्दा नचालउने यस्तो हुन्छरु’ नेतृ भुसालले विजय गच्छदार लामो लोकतान्त्रिक लडाइँ लडेर यहाँसम्म आइपुगेको बताउँदै यस्ता नेतालाई मुद्दा चलाउन नहुने जिकिर गरिन्। ‘प्रजातन्त्र पुनस्र्थापनापछि लगातार जनताले संसदमा पठाएका छन्। मतदाताको मतको सम्मान गर्नु जरुरी छ’, उनले भनिन्, ‘१० वर्ष जेलमा बसेको नेता, लोकतन्त्रका लागि लड्दै आएको व्यक्ति हो उहाँ। प्रजातन्त्रका लागि जीवन आहुती दिएको नेतालाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गर्न मिल्दैन।’

उनले अख्तियारको यो कदमलाई कुनै हालतमा नस्वीकार्ने बताइन्। ‘यसलाई हामी कुनै हालतमा स्वीकार्दैनौँ। पूर्व मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध मुद्दा दायर गरेर के देखाउन खोजेको होरु’, उनले भनिन्, ‘यसैका लागि राजनीतिक परिवर्तन भएको होरु सरकारको प्रभावमा आएर अख्तियारले कसैलाई काखा पाखा गर्नुहुँदैन।’ उनले नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले जग्गा फिर्ता गरेँ भनेकै भरमा मुद्दा नचलाइएको भन्दै आक्रोश पोखिन्। ‘कसैलाई जग्गा फिर्ता गरेँ भन्दैमा छुट दिनु मिल्छरु संवैधानिक अंगहरु तटस्थ हुनुपर्छ’, उनले थपिन्, ‘अब हामी सदन रोक्न बाध्य भयौँ। विभेदकारी किसिमको कृयाकलाप बन्द गरिनुपर्छ। कांग्रेस भएकै कारणले विजय गच्छदारविरुद्ध मुद्दा चलाइयो।’ उनले प्रतिशोध साँधेर मुद्दा दायर गरिएकाले यो अभ्यासलाई स्वीकार गर्न नसकिने जिकिर गरिन्। ‘सरकारका यस्ता कृयाकलपाको विरोध गर्छौँ’, उनले अन्तिममा भनिन्, ‘राजनीतिक आस्थाका आधारमा कसैलाई मुद्दा चलाउन पाइँदैन।’