कसले पायो ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड ?

50

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड ‘सेकेन्ड बेस्ट म्यानेज्ड बैंक’ अवार्डबाट सम्मानित भएको छ। न्यू बिजनेश एज प्रा. लि. ले आयोजना गरेको सातौँ न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्‌मा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो।

उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरेका थिए। आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बस्यालले बताए।

बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), २१५ वटा एटीएम, ११८ शाखारहित बैंकिङ सेवा र १ हजार ८०० भन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न बैंकिङ सुविधाहरु सरल एवं ग्राहक मैत्रीढङले प्रवाह गर्दै आएको जानकारी दिएको छ।