को बन्ला कांग्रेस संसदीय दलको नेता ?

76

विराटनगर । प्रदेश-१ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा पाँच जना आकांक्षी देखिएका छन् । कांग्रेस संसदीय दलको नेता नै मुख्यमन्त्री  बन्ने सम्भावना रहेका कारण कांग्रेसमा आकांक्षीहरु धेरै देखिएका हुन् ।

प्रदेश १ मा प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी कांग्रेसको २९ सिट छ । प्रत्यक्षबाट निर्वाचित चार र समानुपातिकबाट निर्वाचित एक जना प्रदेशसभा सदस्य संसदीय दलको नेताका लागि धौडधूप गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, प्रदेश १ सभापति उद्धप थापा, प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की संसदीय दलको नेताको आकांक्षी हुन् । यीमध्ये सभापति शेरबहादुर देउवा प्यानलका अर्याल, कृष्णप्रसाद सिटौला प्यानलबाट थापा र पराजुली मुख्य आकांक्षी हुन् ।