बाँके-२ मा फराकिलो अग्रता बनाउँदै धवलशमशेर

36

काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग अग्रता फराकिलो बनाइरहेका छन् ।

राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् ।

धवलशमशेर एमाले गठबन्धनका र सुदीप सत्ता गठबन्धनका उम्मेदवार हुन् । गठबन्धनका दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा जसपाका राईलाई जित जोगाउन मुस्किल हुने देखिएको छ ।