Tuesday, September 22, 2026
Home समाज थप १५ जनामा कोरोना पुष्टि

थप १५ जनामा कोरोना पुष्टि

47

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।

सोमबार ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ८८७ पीसीआर तथा ६६१ एन्टिजेन परीक्षण भएको छ।