Wednesday, September 23, 2026
Home अन्य कला लिक भयो प्रेमगीत- ३ काे हिन्दी संस्करण

लिक भयो प्रेमगीत- ३ काे हिन्दी संस्करण

36

काठमाडाैँ । प्रेमगीत-३ काे हिन्दी संस्करण लिक भएकाे छ। चलचित्र सामाजिक सञ्जाल टेलिग्राममा लिक भएकाे हाे।

गत शुक्रबारदेखि विश्वभर प्रदर्शन भएकाे चलचित्रले राम्राे व्यापार गरिरहेकाे जनाइएकाे छ। भारतमा हिन्दी संस्करणले पहिलो दिनमै नै ९२ लाख भारतीय रुपैयाँ जम्मा गरेकाे भारतीय मिडियाहरूले जनाएका छन्।

चलचित्र विश्वभरका ६ सय थियटर्सबाट प्रदर्शनीमा आएकाे थियाे। भारतमा मात्रै ३३० थिएटर्समा प्रदर्शनीमा आएकाे निर्माण पक्षले जनाएकाे छ। भारतमा प्रेमगीत-३ ले सकारात्मक प्रतिक्रिया पाएकाे छ भने नेपालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ।नेपालमा भने हिन्दी संस्करण सोमबारमात्र रिलिज हुनेछ।